निर्माण सकिने भनिएको १६ महिनापछि काम शुरु

निर्माण सकिने भनिएको १६ महिनापछि काम शुरु
Spread the love

बैतडी मंसिर २६(ई–रैवार)
निर्माणकार्य सकिने समयावधि सकिएको १६ महिनापछि बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम शुरु भएको छ । सम्झौता अनुसार विसं २०७५ को असारमा कालोपत्र गरिसक्ने लक्ष्य थियो ।
ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले यो विमानस्थल कालोपत्रेको काम पाएको छ । जसले निकै लामोसमय लापरबाही गरेका कारण हालसम्म कालोपत्रेको शुरुवात समेत भएको थिएन् ।
निर्माण शुरुभएपछि अबका २० दिनमै काम सकिने निर्माण कम्पनी इञ्जिनीयर पुरन रावलले बताए । ‘वर्षा नभई मौसमले साथ दिए २० दिनभित्रै काम सम्पन्न हुन्छ,’ उनले भने ।
विमानस्थल कालोपत्रपश्चात् अन्य संरचना बनाउन अझै समय लाग्नेछ । विमानस्थलको ५ सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइ ‘रन–वे’ कालोपत्र गरिनेछ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्र गरिनेछ । यसका लागि करीब मूल्य अभिवृद्धि करबाहेक रु ११ करोड २९ लाखको लागतमा काम भइरहेको छ ।