संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठन एकजुट

Spread the love

काठमाडौं, जेठ ९ (ई-रैवार) 

संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले संयुक्त विरोध गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको विरोधमा पाँच विद्यार्थी संगठनहरुले विरोधा गरेका हुन्।

आज संयुक्त विज्ञप्ति निकालेर नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले संयुक्त विद्यार्थी आन्दोलनका तर्फबाट उक्त कदमको विरोधमा उत्रिन आग्रह गरेका छन्।

उक्त विज्ञप्तिमा नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल छैटौंका अध्यक्ष विमल पोखरेलले हस्ताक्षर गरेका छन्।