नेपालमा आज ८१७३ जनामा कोरोना पुष्टि, एकैदिन २४६ जनाको मृत्यु

नेपालमा आज ८१७३ जनामा कोरोना पुष्टि, एकैदिन २४६ जनाको मृत्यु
Spread the love

काठमाडौँ, जेठ ५ (ई-रैवार)

नेपालमा आज थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १,९८८ जना, कैलालीमा ४१७, मोरङमा ३८३, कास्कीमा ३४७ जना, रूपन्देहीमा ३४६ जना, झापामा ३४४ , सुर्खेतमा २७४, ललितपुरमा २७०, बाँकेमा २४०, भक्तपुरमा २२८, सुनसरीमा २०९, धनुषामा १९९, चितवनमा १९३, बारामा १८७, दाङमा १७७, बर्दिया र अछाममा १५८/१५८ जना, काभ्रेपलाञ्चोकमा १५५, गोरखामा १४२, महोत्तरीमा १२७, सिन्धुपाल्चोकमा १२१ र धादिङमा ११७ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै दोलखा र कञ्चनपुरमा ९१/९१ जना, धनकुटामा ८८, पर्सामा ८५, ताप्लेजुङमा ८३, डडेल्धुरामा ७७,सिरहामा ७३, नवलपरासी पश्‍चिममा ५५, डोटीमा ५३, सिन्धुलीमा ४५, दैलेखमा ४४, तनहुँमा ३७, नवलपरासी पुर्वमा ३५, खोटाङ र रामेछापमा २९/२९ जना र रौतहटमा २५ जना, स्याङजामा २३, सर्लाही, नुवाकोट र अर्घाखाँचीमा २१/२१ जना, पाल्पा र बैतडीमा १९/१९ जना, सप्तरी, म्‍याग्दी र सल्‍यानमा १८/१८ जना तथा तेह्रथुम, सोलुखुम्बु र लमजुङमा १६/१६ जना संक्रमित थपिएका छन् ।

संखुवासभामा १४, मनाङमा १३, कपिलवस्तु र कालिकोटमा १२/१२ जना, पर्वतमा १०, रोल्पामा ८, भोजपुरमा ७, बागलुङ र जुम्लामा ६/६ जना र ओखलढुंगामा ५ जना, उदयपुर र मकवानपुरमा ४/४ जना, इलाम, गुल्मी र दार्चुलामा ३/३ जना, रूकुम पश्‍चिममा २ तथा पाँचथर, रसुवा, प्‍युठान, जाजरकोट र हुम्लामा १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १९० बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५२८ जना संक्रमित देखिएका छन् । कोरोना संक्रमणबाट बुधबार देशभरबाट ७ हजार ९ सय ८९ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २४६ जनाको  मृत्यु भएको छ। कोरोना संक्रमणबाट एकै दिन मृत्यु हुने यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि वैशाख २८ गते २२५ जनाको मृत्यु भएको थियो ।