सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी, भदौ ३१ (ई-रैवार)

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २१ र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको गौरीगंगा नगरपालिकाका ७ जना, लम्कीचुहा नगरपालिकाका ६ जना, धनगढी उप–महानगरपालिकाका ४ जना, गोदावरी नगरपालिकाका २ जना, जोशीपुर र टीकापुरका १ – १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना र बेदकोट नगरपालिकाका २ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ४ सय २५ जनाको कोरोना परीक्षण भएको छ। अहिले सेती प्रादेशिक अस्पतालमा १० पुरुष र ६ महिला गरी १६ जना संक्रमितको उपचार भईरहेको छ ।