गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद गठन : मनाङेबाहेक चार मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद गठन :  मनाङेबाहेक चार मन्त्रीले लिए शपथ
Spread the love

पोखरा, जेठ ५ (ई-रैवार)  

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद गठन गरेका छन्। मुख्यमन्त्री गुरुङले बुधबार पाँच मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् गठन गरेका हुन् ।

मुख्यमन्त्री गुरुङले पहिलाकै मन्त्रीलाई जिम्मेवारी सुम्पिएका छन् । किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाएका मुख्यमन्त्री गुरुङले अन्य ३ जनालाई भने विना विभागिय मन्त्रीमा नियुक्त गरेका छन् । विकास लम्साल, रामशरण बस्नेत र नरदेवी पुनलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका हुन् ।

मनाङेबाहेक चार मन्त्रीले बुधबार नै प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको छ। मनाङे विशेष कामले काठमाडौं गएको हुँदा बुधबार उनको शपथ हुन सकेन।

कोरोना संक्रमणकै बिच दोस्रो कार्यकालको सपथ लिएका मुख्यमन्त्री गुरूङले गत बैशाख २९ गते नै मन्त्रिपरिषद विस्तार गर्न चाहे पनि स्वास्थ्यका कारणले पछिलाई धकेलेका थिए । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै छन् ।

मुख्यमन्त्री पुनः नियुक्त भएपनि उनले १ महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्छ । संसदमा एमालेका २८ सांसद छन्। उनलाई विश्वास प्राप्त हुनका लागि थप तीन जना सांसदको समर्थन आवश्यक छ।