काठमाडौं, जेठ ३ (ई-रैवार)
नेपालमा आज थप ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जनागरी ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौँमा २,३४६, कैलालीमा ७४२, मोरङमा ४६९, ललितपुरमा ४५४, कास्कीमा ४३४, रूपन्देहीमा ४१३, बाँकेमा ३७८ र बर्दियामा ३१३, सुनसरीमा ३००, भक्तपुरमा २९८, धनुषामा २३२, कञ्चनपुरमा २१८, सुर्खेतमा १९६, झापामा १७४, दाङमा १३७, महोत्तरीमा १३० र मकवानपुरमा १२४ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै सप्तरीमा १२१, पर्सामा ९८, पाल्पामा ९४, काभ्रेपलाञ्चोकमा ९१, स्याङजामा ८५, रौतहटमा ७६, नुवाकोटमा ७५, चितवनमा ६७, गोरखामा ६५, संखुवासभामा ६४, धनकुटामा ६३, पर्वतमा ६०, इलाममा ५९, सिन्धुपाल्चोकमा ५८, म्याग्दीमा ५७ र रामेछापमा ५४ जना, लमजुङमा ४८, जाजरकोटमा ४६, गुल्मीमा ४४, सिन्धुलीमा ३६, दैलेख र डडेल्धुरामा ३५/३५ जना, डोटीमा २९, तनहुँ र नवलपरासी पश्चिममा २८/२८ जना, बारामा २७, सल्यानमा २३, पाँचथर र सर्लाहीमा २१/२१ जना र कपिलवस्तुमा २० जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै तेह्रथुम र सिरहामा १९/१९ जना, खोटाङमा १७, अर्घाखाँची र रूकुम पश्चिममा १६/१६ जना, धादिङमा १५,कालिकोटमा १३, ओखलढुंगा, अछाम र दार्चुलामा १२/१२ जना, ताप्लेजुङमा ९, नवलपरासी पूर्वमा ८ तथा उदयपुर, बागलुङ र जुम्लामा ७/७ जनादोलखामा ४, सोलुखुम्बु र प्युठानमा ३/३ जना, भोजपुर, मनाङ, रोल्पा, बाजुरा र बैतडीमा २/२ जना तथा मुस्ताङ, मुगु र बझाङमा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यस्तै ९ वर्ष मुनिका २१९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ६४६ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । सक्रिय संक्रमितमध्ये एक लाख ६ हजार ५१० जना होम आइसोलेसनमा छन् भने छ हजार ९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा ४ सय जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ७६७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २२३ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । गत शुक्रबार मृतक संख्या २०३, शनिबार १८७ र आइतबार १४५ जना रहेको थियो ।


