धनगढी, जेठ ३ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा सोमबार ५६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा १२४४ नमूना पीसीआर र ऐन्टिजेन विधिबाट २९१ जनागरी १५३५ परीक्षण गर्दा ५६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३७८ नमूना परीक्षण गर्दा १६९ जना, महाकाली अस्पतालमा १०४ नमूना परीक्षण गर्दा ७१ जना, डडेल्धुरा अस्पतालमा १०४ जनाको नमूना परीक्षण गर्दा ३७ जना, बैतडी अस्पतालमा १८९ जनाको नमूना परीक्षण गर्दा ७५ जना, डोटी अस्पतालमा १२७ जनाको नमूना परीक्षण गर्दा ६२ जना, र जिल्ला अस्पताल बझाङमा ३४२ जनाको नमूना परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३६ जना संक्रमितले जितेका छन्। पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ४ जना, कञ्चनपुरका ६ जना, डोटी, अछाम, दार्चुला र बझाङका १/१ जना संक्रमितको ज्यान गएको छ। अहिले सम्म कोरोना संक्रमणबाट ३४८जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।


