सेती प्रादेशिक अस्पतालमा बुधबार ३७ जनामा कोरोना संक्रमण पुष्टि

Spread the love

धनगढी, असार १६ (ई–रैवार)

सेती प्रादेशिक अस्पतालमा बुधबार थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९२ नमूना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार हाल अस्पतालमा २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये २ जना भेन्टिलेटर, ५ जना आईसियू र १३ जना अम्सिजनको सर्पोटरमा उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ३ जना जना बिरामी भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।