बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु

बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु
Spread the love

बाजुरा, वैशाख २६ (ई-रैवार) 

बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु भएको छ । बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो ।

बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको जानकारी दिएका हुन ।

उनको अछामको साफेबगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मेयर बडुवालले जानकारी दिए । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका बिक पार्टीको जिल्ला कमिटी सदस्य पनि थिए ।