काठमाडौं, साउन १६ (ई-रैवार)
जल तथा मौसम विज्ञान विभागले देशका पाच प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
विभागका अनुसार आज राति देशभर सामान्य बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ रहेको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने तथा पहिरो जाने विभागले जनाएको छ । विभागले हवाई तथा सडक यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।


