काठमाडौं, वैशाख २३ (ई-रैवार)
नेपालमा आज थप ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ३६७ पीसीआर परीक्षणमा ८ हजार ९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जनागरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा उपत्यकामा ३ हजार ९७२ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौं जिल्लामा ३ हजार १६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण देखिएको छ।
यस्तै रुपन्देहीमा १ हजार ६९, ललितपुरमा ५६७, बाँकेमा ३९८, कास्कीमा ३७५, मोरङमा २५५,दाङमा २४६, भक्तपुरमा २४२, सुर्खेत २०६, नवलपरासी पश्चिममा १६०, झापामा १५३, धनुषामा १४०, सुनसरी १३३, मकवानपुरमा १२६, कैलालीमा ११५, पर्सामा १०४, चितवन र पाल्पामा ८६/ ८६ जनामा कोरोना संक्रमण थपिएका छन् ।
धादिङमा ८३, गोरखामा ७४, अर्घाखाँचीमा ७३, अछाम ५९, महोत्तरीमा ५५, काभ्रेपलाञ्चोकमा ५२, कपिलवस्तु ५०, नुवाकोट र डडेल्धुरामा ४९/४९ जना, रसुवा र तनहुँमा ४४/४४ जना, बारा र दैलेखमा ४३/४३ जना, बर्दियामा ४२/४२ जना, सिरहामा ४०/४० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी रौतहटमा ३९, दोलखामा ३६, लम्जुङ ३४, म्याग्दीमा ३२, डोटीमा ३१, बैतडीमा ३०, सर्लाहीमा २८, सप्तरी र स्याङ्जामा २४/२४ जना, कञ्चनपुरमा २२, गुल्मीमा १९, संखुवासभामा १८, रामेछापमा १६, इलाममा १४, पर्वतमा १३, वागलुङमा १२, प्युठानमा ११, रोल्पा र जुम्लामा १०/१० जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै उदयपुर र सिन्धुलीमा ९/९ जना, जाजरकोटमा ८, ओखलढुंगामा ७, धनकुटा, भोजपुर र कालिकोटमा ५/५ जना, पाँचथर, सोलुखुम्बु र हुम्लामा ४/४ जना, तेह्रथुम,सल्यान र दार्चुलामा ३/३ जना, खोटाङ र बझाङमा २/२ जना तथा नवलपरासी पूर्व, मुस्ताङ, रूकुम पूर्व र रूकुम पश्चिममा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ वर्ष मुनिका २२९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ५८८ जना कोरोना संक्रमित भेटिएका छन् ।
यो संगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ। हाल २ हजार ७०७ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म २ लाख ९२ हजार ४९० जना कोरोना संक्रमणमुक्त भएका छन्। याेसँगै निको हुनेको दर ७९ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
बिहीबारसम्म कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ । जसमध्ये ६७ हजार २४६ जना होम आइसोलेसनमा र ५ हजार ३१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ६५२ जनाको आईसीयूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५४ जनाको मृत्यु भएको छ । मृतकको संख्या ३ हजार ५२९ पुगेको छ ।


