मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु
Spread the love

काठमाडौं, वैशाख २३ (ई-रैवार)

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा अहिले केहीबेरअघि सुरु भएको हो ।

मन्त्रिपरिषद्को बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् । आज कोभिड–१९ को न्यूनीकरण, नियन्त्रणका प्रयासहरूका सन्दर्भमा र केही नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ ।

बैठकमा कोरोना भाइरस संक्रमण दर तीव्र बनेपछि यसको रोकथाम र नियन्त्रण गर्न चाल्नुपर्ने कदम, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताए । तथापि, केही महत्त्वपूर्ण एजेन्डामाथि पनि निर्णय हुनसक्ने स्रोतले जानकारी दियो ।