काठमाडौं, वैशाख २३ (ई-रैवार)
एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बैठक केहीबेरमा बालुवाटारमा सुरू हुने एक स्थायी कमिटी सदस्यले बताए। बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको रणनीतिलगायत विषयमा छलफल हुने बताइएको छ ।
एमालेमा १९ जना स्थायी कमिटी सदस्य छन्। नेता झलनाथ खनाल र माधव नेपाल पक्षविनै ओलीले केही समयअगाडि स्थायी कमिटी गठन गरेका थिए। प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लागेका छन्।
त्यसअघि ओलीसहित एमाले नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग बुधबार बुढानिलकण्ठ पुगेर विश्वासको मत मागेका थिए। तर कांग्रेसले विश्वासको मत दिन नसकिने प्रष्ट बताएको छ।


