कोरोना संक्रमणबाट नेपाली कांग्रेसका जिल्ला उपसभापति गिरीको मृत्यु

कोरोना संक्रमणबाट नेपाली कांग्रेसका जिल्ला उपसभापति गिरीको मृत्यु
Spread the love

 

 काठमाडौं,  भदौ २ (ई-रैवार)

नेपाली कांग्रेसका जिल्ला उपसभापतिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नवलपरासीका उपसभापति सुवास गिरीको कोरोना संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको छ ।

बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका ३८ वर्षीय गिरीको भेन्टिलेटरमा उपचार भइरहेको थियो। उनको गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको आफन्तले जनाएका छन् ।

बुटवलको कोरोना अस्पतालमा एक दिन भर्ना भएर उपचार गराएका गिरीलाई थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो । गिरीको आजै शव व्यवस्थापनको तयारी छ ।