धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न झण्डै ८४ लाख संकलन

धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न झण्डै ८४ लाख संकलन
Spread the love

धनगढी, जेठ ६ (ई-रैवार) 

अक्सिजन प्लान्ट स्थापना गर्नका लागि झण्डै ८४ लाख रकम संकलन भएको छ । धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा बुधबार साँझसम्म झण्डै ८४ लाख रकम संकलन भएको हो ।

धनगढी उपमहानगरपालिका मेयर नेृपवहादुर ओडका अनुसार धनगढी उपमहानगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्नका लागि गत वैशाख ३० गते मेयर कल्याणकारी कोष स्थापनाको निर्णय गरेको थियो । सो निर्णय पश्चात बुधबार साँझसम्म ५८ वटा दाताले सहयोग गरेका छन् ।

मेयर ओडले अक्सिजन प्लान्ट स्थापना गर्नका लागि व्यक्तीगत, संस्थागत र कतिपय सामुहिक रुपमा रकम संकलन भएको बताएका छन् ु । सबैजनाले गरेको सहयोग बुधबार साँझसम्म ८३ लाख ८३ हजार १ सय १६ रुपैयाँ पुगेको छ ।

कोषमा सबैभन्दा बढी रकम धनगढी उपमहानगरपालिका व्यवसायी सन्जयकुमार चौधरीले २० लाख सहयोग भएको छ । त्यस्तै काग्रेंस नेतृ डा आरजु राणा देउवाले १० लाख रकम सहयोग गरेकी छिन् ।

सुदुरपश्चिम प्रादेशिक फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठले ५ लाख रकम सहयोग गरेका छन् भने धनगढी उपमहानगरपालिका कर्मचारी तथा जनप्रतिनिधिहरुले ३ लाख ५० हजार ८ सय ९३ रुपैयाँ कोषमा सहयोग गरेका छन् ।

पछिल्लो समय धनगढीमा दिनप्रतिदिन अक्सिजन अभाबका कारण कोरोना संक्रमितको मुत्यु हुने क्रम बढ्दै गएपछि विभिन्न संघ संस्था तथा व्यक्तीगत रुपमा आर्थिक सहयोग उठ्ने क्रमजारी छ ।

धनगढी उपमहानगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ती तथा सहयोगी दाता, संघ संस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छ ।