नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमिण पुष्टी, संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुग्यो

नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना संक्रमिण पुष्टी, संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुग्यो
Spread the love

 

काठमाडौं, भदौ ११ (ई-रैवार)

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना संक्रमिण भेटिएकको छ । देशभरका प्रयोगशालामा १२ हजार ६ सय २९ नमुना परीक्षण गर्दा ३ सय ३४ महिला र ७ सय ७७ पुरुषमा गरी १ हजार १ सय ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङको १५७ औं दिनमा बोल्दै प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ५ सय ६९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२ हजार ६ सय २९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ६३ जना र होम आइसोलेसनमा ६ हजार २ सय १० रहेका छन् । आजसम्म देशभर ९ हजार ४ सय ८८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १५ जना र प्रदेश १ मा दुईजना भेन्टिलेटरमा रहेका छन् । ५ सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । उनीहरुमध्ये १ सय ८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ५ सय ६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।