काठमाडौं : सरकारले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने निर्णय गरेको छ ।
सरकारले विभिन्न अस्पताल, प्रतिष्ठान तथा प्रयोगशालामा करारमा नियुक्त भएका चिकित्सक, नर्स र प्रयोगशालाका कर्मचारीहरुको करार अवधि बढीमा तीन महिना थप गर्न सकिने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले बिहीबार एक प्रेस विज्ञप्ति जारीगरी कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने निर्णय हो ।
विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएका कारण कोरोना रोकथाम, नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पनि पदमा तत्काल जनशक्ति व्यवस्थापन गर्न र करारमा भर्ना भएका स्वास्थ्यकर्मीरकर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार माघ महिनादेखि बढीमा तीन महिनासम्म थप्न सकिने छ ।’



