काठमाडौं, वैशाख ९ (ई-रैवार)
नेपालले त्रिकोणात्मक टि ट्वान्टी आईमा अन्तिम खेलमा मलेसियालाई .६९ रनले पराजित गरेको छ । चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।
बलिङ र ब्याटिङ दुवैतर्फ सामूहिक प्रदर्शन गरेको नेपालले सहज जित हासिल गरेको छ । नेपालले अब उपाधिका लागि शनिबार नेदरल्याण्ड्ससंग खेल्नेछ ।
सोमपाल कामी, टि ट्वान्टी आईमा एक सयौं खेल खेलेका सन्दीप लामिछाने र टि ट्वान्टी आईमा डेब्यू गरेका कमल सिंह ऐरी २ विकेट र सुसन भारीले १ लिएको खेलमा नेपालले मेलेसियालाई १९.१ ओभरमा १ सय ४८ रनमा अलआउट गराएको थियो । मलेसियाका लागि एमिउद्दिन रामलेले सर्वाधिक ४१ रन बनाएका थिए ।
त्यसअघि करन केसीले सानदार ब्याटिङ गरेपछि नेपालले ७ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो । नेपालले टि ट्वान्टीमा बनाएको यो दोस्रो सर्वाधिक रन हो । १३ औं सागमा नेपालले भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो । सातौं नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छक्को मद्दतमा ४५ रन बनाएपछि नेपालले दोस्रो खेलमा २ सय रनको आकडा पार गरेको थियो । डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।
तर १२ औं ओभरमा दुवै खेलाडी आउट भएका थिए । अनवर रहमानेले पहिलो बलमा ज्ञानेन्द्रलाई मोहम्मद वाफिकबाट क्याच आउट गराए भने पाँचौं बलमा आसिफलाई एलबिडब्यू आउट गराए । २५ बल खेलेका ज्ञानेन्द्रले ४ छक्का र १ चौका साथ ४१ रन बनाए । ३२ बल खेल्दै आसिफले ३ छक्का र त्यत्तिनै चौकामा ४२ रन जोडे । कुशलले १२ बलमा २ छक्का साथ १६ रन बनाएका थिए । उनी वाफिकको बलमा सैयद अजिजबाट क्याच भएका थिए । दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाएका थिए । विनोद भण्डारी भने ८ रन मा आउट भए । कुशलले १९ रन जोडे ।
तर कप्तान ज्ञानेन्द्र मल्ल र अर्का ओपनर आसिफ शेख १२ औं ओभरमा आउट भएका थिए । ज्ञानेन्द्र ४१ र आसिफ ४२ रनमा आउट भएका थिए । दीपेन्द्र सिंह ऐरी ५ र विनोद भण्डारी १ रनमा खेलिरहेका छन् । टस जितेको मलेसियाले नेपाललाई ब्याटिङको निम्ता दिएको छ ।
नेपाल यसअघि नै फाइनल पुगिसकेको छ भने मेलेसिया सिरिजबाट बाहिरिसकेको छ । नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्षस्थानमा रहेको छ । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरी सहित ५ अंकका साथ दोस्रो स्थानमा रह्यो । मलेसिया ३ खेलमा १ अंक छ । नेपालले यहि सिरिजको पहिलो खेलमा मलेसियालाई ९ विकेटले हराएको थियो ।
आजको खेलमा नेपालका मिडयम पेस बलर कमलसिंह ऐरीले डेब्यू गरेका छन् । नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । साहब आलम र अभिनाष बोहराको ठाँउमा कमलसिंह ऐरी र सुसन भारीले मौका पाएका छन् । आजको खेल नेपाली बलर सन्दीप लामिछानेको टि ट्वान्टीको आफ्नो सयौं खेल खेलिरहेका छन् । उनी सयौं खेल खेल्ने पहिलो नेपाल हुन् ।


