धनगढीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

धनगढीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु
Spread the love

धनगढी, कार्तिक ११ (ई-रैवार) 

धनगढीमा रोकिएको मीनि ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । गएराती साढे ११ बजेको समयमा धनगढी–अत्तरिया सडकको बोराडाडी खण्डमा मीनि ट्रकमा मोटरसाइकल ठोकिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक लालबहादुर रोकायाका अनुसार से १ प ८७६१ को नम्बरको मोटरसाइकल से १ त ६१७ नम्बरको मीनि ट्रकमा ठोकिएको हो ।

दुर्घटनामा घाइते मोटरसाइकल चालकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।