काठमाडौं, वैशाख ९ (ई-रैवार)
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । ओली र नेपालबीच नक्सालको होटल मेरियटमा दिउँसो २ बजेपछि ‘वान टु वान’ छलफल भएको हो ।
डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । आज पनि दुई नेताबीच एक्लाएक्लै वार्ता भएको थियो।भेटपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका वरिष्ठ नेता नेपालले भने, ‘कुराकानीमा कुनै प्रगति छैन ।’
फुटको संघारमा पुगेको एमालेको एकता जोगाउने विषयमा ओली र नेपालबीच वार्ता भइरहेको छ। आजको बैठकमा पनि नेपालले फागुन २८ गते ओलीले गरेका निर्णय फिर्ता गरेर २०७५ जेठ ३ अघिको अवस्थामा फर्कनु पर्ने अडान दोहोर्याएको बुझिएको छ ।
यसअघि दुई नेताले होटलको कोठाबाट धरहरा हेरिरहेको तस्बिर सार्वजनिक भएको थियो।


