बेलौरी, भदौ २२ (ई-रैवार)
कञ्चनपुरको बेलौरीमा कटुवा पेस्तोल सहित एक जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका १० भुडा सिमावर्ती क्षेत्रबाट सोही स्थानका २४ बर्षिय खुसीराम चौधरीे पेस्तोल सहित पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बेश क्याम्प भुडाका सहायक प्रहरी निरीक्षक राजेन्द्र भट्टले सोमबार बिहान ११ बजेतिर बेलौरी नगरपालिका १० भुडा सिमावर्ती क्षेत्रबाट सोही स्थानका २४ बर्षिय खुसीराम चौधरीे पक्राउ परेको जानकारी दिएका छन ।
चौधरीको साथबाट एकनाल कटुवा पेस्तोल र सोही पेस्तोलमा प्रयोगहुने २ राउण्ड गोली समेत बरामद गरिएको सहायक निरीक्षक भट्टले बताए । सशस्त्र प्रहरी बेश क्याम्प भुडाका सहायक प्रहरी निरीक्षक भट्टको कमान्डमा खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको होे ।


