भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो, संक्रमित संख्या ३३ लाख १० हजार २ सय ३५ पुग्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो, संक्रमित संख्या ३३ लाख १० हजार २ सय ३५ पुग्यो
Spread the love

 

काठमाडौं, भदौ ११ (ई-रैवार) 

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार ४ सय ७२ पुगेको हो ।

भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको संक्रमणबाट १ हजार २३ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७ सय ६० नयाँ संक्रमित फेला परेका छन् । यो सँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ लाख १० हजार २ सय ३५ पुगेको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका २५ लाख २३ हजार ७ सय ७२ संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् भने ७ लाख २५ हजार ९ सय ९१ संक्रमित निको हुन बाँकी छन् ।

भारत कोरोना संक्रमित संख्याको आधारमा सबैभन्दा बढी प्रभावित हुने तेस्रो मुलुक हो । सबैभन्दा बढी प्रभावित हुने मुलुकको शीर्ष स्थानमा अमेरिका छ भने दोस्रोमा ब्राजिल छ । मृत्यु हुनेको संख्याको आधारमा भने भारत चौथो स्थानमा छ ।

स्रोत: एएनआई