गृहमन्त्री थापालाई माओवादी केन्द्रले गर्‍यो कारबाही

गृहमन्त्री थापालाई माओवादी केन्द्रले गर्‍यो कारबाही
Spread the love

काठमाडौं, चैत २७ (ई-रैवार)

नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई कारबाही गरेको छ । माओवादी केन्द्रले शुक्रबार राष्ट्रियसभा सचिवालयालई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो ।

माओवादीले नेकपा एमालेको केन्द्रीय कमिटीमा बसेपछि मागिएकाे स्पष्टीकरण तोकिएको समयमा नबुझाएकाले कारबाही गरेको जानकारी दिएको छ ।

नेकपा एमाले प्रवेश गरेका उनले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए । अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ ।

यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।