काठमाडौं, चैत्र ४ (ई-रैवार)
पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै उनको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको हो।
मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको अवस्था गम्भीर रहेको र उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ । केही दिनको उपचारपछि उनको अवस्था सुधार आएको थियो तर फेरि गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको विज्ञप्तीमा उल्लेख छ।
आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ ।”
विज्ञप्ती,
यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ। फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ ।
नर्भिकको आजको विज्ञप्ति


