धनगढीः सुदूरपश्चिम प्रदेशमा आज ३ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७९ जनाको नमूना परीक्षण गर्दा पीसीआरमार्फत ५३ जना र एन्टिजेनमार्फत ३ सय ३४ सय जनागरी ३ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य निर्देशनालयका अनुसार आज थपिएकामध्ये १ सय ५१ जना संक्रमित आजै भारतबाट आएका हुन्। त्रिनगर–गौरीफन्टा नाकाबाट आएका ७२, गड्डाचौकी नाकाबाट आएका ६९, जुलाघाटबाट आएका ८, र पुलघाटबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको छ। आज सुदूरपश्चिमका नाका भएर ८ सय ३२ जना स्वदेश फर्केका छन्। योसँगै प्रदेशमा सक्रिय संक्रमतिको संख्या तीन हजार ८ सय ७२ पुगेको छ।


