डोटीमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ सय ४५ पुग्यो

डोटीमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ सय ४५ पुग्यो
Spread the love

डोटी, कार्तिक ८ (ई-रैवार)

डोटीमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  डडेल्धुरा अस्पताल डडेल्धुराको प्रयोगशाला गरिएको परिक्षणमा डोटीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय डोटीले  दिएको जानकारी अनुसार डडेल्धुरा अस्पताल डडेल्धुराको प्रयोगशाला गरिएको परिक्षणमा दिपायल सिलगढी नगरपालिका र के.आई.सिंह गाँउपालिकाका ३/ ३ जना र जोरायल गाँउपालिकाका १ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

दिपायल सिलगढी नगरपालिका वडा नम्वर १ का २० वर्षका १ जना पुरुष, वडा नम्बर ४ का ४७ वर्षका १ पुरुष र ४० वर्षीया १ महिला, के.आई.सिंह गाँउपालिका वडा नम्वर १ का ४४ वर्षका १ जना पुरुष, वडा नम्वर ४ का ३८ वर्षका १ जना पुरुष, वडा नम्वर ६ का २५ वर्षका १ पुरुष र जोरायल गाँउपालिका वडा नम्वर ३ की ११ वर्षीया १ बालीकामा कोरोना पुष्टि भएको छ ।

यो संगै डोटी जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार २ सय ४५ पुगेको छ । स्वास्थ्य कार्यालय प्रमुख मलासीका अनुसार हाल जिल्लामा संक्रिय कोरोना संक्रमितको संख्या १ सय १६ रहेको छ ।