कोरोना संक्रमणबाट डोटीका व्यापारीको धनगढीमा मृत्यु

कोरोना संक्रमणबाट डोटीका व्यापारीको धनगढीमा मृत्यु
Spread the love

डोटी, कार्तिक ८ (ई-रैवार)

कोरोना संक्रमणबाट डोटीका व्यापारीको धनगढीमा मृत्यु भएको छ । जेभि आयल स्टोर दिपायलका सञ्चालक कर्णबहादुर भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

कोरोना संक्रमित भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारत भण्डारीको शनिबार मृत्यु भएको हो । लामो समय देखी निमोनियाका बिरामी रहेका भण्डारीको आईसियुमा राखेर उपचार भईरहेको थियो ।

प्रादेशिक स्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार  कोरोनाको रिर्पोट नेगेटिभ आएपछि उनलाई जनरल आईसियुमा सारिएको थियो । त्यहाँ उपचार हुने क्रममा भण्डारीको मृत्यु भएको हो ।

भण्डारीसंगै कोरोनाका कारण डोटीमा दुई जनाको मृत्यु भएको छ । यसअघि प्रादेशिक अस्पताल धनगढीमा कांग्रेस नेता तेजबहादुर पुनमगरको पनि मृत्यु भएको थियो ।