डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४७ जनामा कोरोना पुष्टि

डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४७ जनामा कोरोना पुष्टि
Spread the love

डडेल्धुरा, असोज २९ (ई-रैवार)

डडेल्धुरा अस्पतालको प्रयोगशालामा आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १ सय ४० नमुनाहरुमध्ये ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भूषालले डोटी र दार्चुलाका थप ४७ जनामा कोरोना देखिएको बताएका छन ।

इन्चार्ज प्रसाद भूषालले दार्चुलाको महाकाली नगरपालिकाका ३८ जना र डोटीको जोरायल गाउँपालिकाका ९ जना गरी ४७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिए ।

परिक्षण गरिएका १ सय ४० नमुनाहरुमध्ये ९३ जनाको नतिजा नेगेटिभ आएको छ ।