कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या ८ सय ४२ पुग्यो

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या ८ सय ४२ पुग्यो
Spread the love

काठमाडौं, कार्तिक ८ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट नेपालमा शनिबार थप १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १३ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ ।

शुक्रबार कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको थियो । बिहीबार देशभर कोरोना भाइरसको संक्रमणबाट २१ जनाको मृत्यु भएको थियो ।