नेपालमा थप १ हजार ६ सय ६९ जनामा कोरोना पुष्टि, देशभर १६ जनाको मृत्यु

नेपालमा थप १ हजार ६ सय ६९ जनामा कोरोना पुष्टि, देशभर १६ जनाको मृत्यु
Spread the love

काठमाडौं, मंसिर ७ (ई–रैवार)

नेपालमा आज थप १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९ सय ५७ जना रहेका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ९९ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १ लाख ९९ हजार २४ जना डिस्चार्ज भएका छन् ।

आजसम्म १६ लाख ६० हजार ७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर ६ सय ८६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ पुगेको छ ।