नेपालमा थप २ हजार २ सय २५ जनामा कोरोना पुष्टि, २ हजार ८ सय  ४६ जना डिस्चार्ज

नेपालमा थप २ हजार २ सय २५ जनामा कोरोना पुष्टि, २ हजार ८ सय  ४६ जना डिस्चार्ज
Spread the love

काठमाडौं, कार्तिक ८ (ई-रैवार)

नेपालमा शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ सय  ३२, ललितपुरमा १ सय  ७६ र भक्तपुरमा १ सय  २ गरी शनिबार काठमाडौं उपत्यकामा १ हजार  १ सय  १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै रुपन्देहीमा १ सय  ४५ जना, मोरङमा १ सय  १, कैलालीमा ९७ जना, कास्कीमा ७७ जना, बाँकेमा ६४ जना, दाङमा ६१ जना, सुनसरीमा ५९, चितवनमा ४९ जना, झापामा ४७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

बारामा ३२ जना, नवलपरासी पूर्वमा २५ जना, कपिलवस्तु र बर्दियामा २२/२२ जना, नवलपरासीमा २१ जना, मकवानपुर र पाल्पामा १९/१९ जना, तनहुँमा १७ जना, रौतहटमा १५ जना, जुम्लामा १४ जना, पर्सा र कञ्चनपुरमा १३/१३ जना, दैलेखमा १२ जना, धादिङमा ११ जना, धनुुषामा १० जनामा संक्रमण देखिएको छ ।

त्यस्तै पर्वत र डोटीमा ९/९ जना, अर्घाखाँची, डडेल्धुरा र बझाङमा ८/८ जना, सिराहा, सिन्धुपाल्चोक, स्याङ्जा र मुगुमा ७/७ जना, गोरखामा ६ जना, तेह्रथुम, रामेछाप र कालीकोटमा ५/५ जना, काभ्रे, प्युठान र बैतडीमा ४/४ जना, धनकुटा, महोत्तरी, सप्तरी, दोलखा, गुल्मी, रुकुम पूर्व र अछाममा ३/३ जनामा संक्रमण पुष्टि भएको छ ।

इलाम, संखुवासभा, सिन्धुली, लमजुङ, बागलुङ र सुर्खेतमा २/२ जना र उदयपुर, खोटाङ, ताप्लेजुङ, सर्लाही, रसुवा, रोल्पा, रुकुम पश्चिम र सल्यानमा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ८ सय  ४६  जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ८ हजार ३ सय  ३४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ८  प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ८० हजार ८ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार १ सय  ८४ जना र होम आइसोलेसनमा ३२ हजार ८ सय ७३ जना रहेका छन् । आजसम्म देशभर ३ हजार ३ सय २२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३ सय  ७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

बिहीबार देशभर तीन हजार ६ सय ३७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने ३ हजार २ सय  १५ जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर २१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।

शुक्रबार देशभर ४ हजार ४ सय ९९ कोरोना भाइरस संक्रमित थपिएका थिए भने २ हजार ६ सय ६८ जना डिस्चार्ज भएका थिए । शुक्रबार देशभर १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।