नेपालमा आज २,२९९ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

Spread the love

काठमाडौं,, असार १८ (ई–रैवार)

नेपालमा आज थप २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनागरी २,२९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७५५ जनामा संक्रमण संक्रमण पुष्टि भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २९ हजार २७४ जना रहेको छ । पछिल्लो २४ घण्टामा ३४५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३६०० जनाकोरोना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार हाल २६ हजार ३३६ जना होम आइसोलेसन, २ हजार ९३८ जना संस्थागत आइसोलेसन, ६३२ जना आइसीयू र १८१ जना भेन्टिलेटरमा रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ९ हजार १७९ जनाले कोरोना संक्रमणका कारणज्यान गुमाइसकेका छन् । नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।