कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ६ सय ७५ पुग्यो

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ६ सय ७५ पुग्यो
Spread the love

काठमाडौं, असोज २८ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको छ ।

मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।