नेपालमा आज ८ सय ३८ कोरोना संक्रमित थपिए, २५० जना डिस्चार्ज

नेपालमा आज ८ सय ३८ कोरोना संक्रमित थपिए, २५० जना डिस्चार्ज
Spread the love

 

काठमाडौं, भदौ ५ (ई-रैवार)

नेपालमा आज कोरोना भाइरसका ८ सय ३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ३८ संक्रमित थपिएका हुन् । यो संगै कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसनर २ सय ९२ महिला र ५ सय ४६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २ सय ५० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १८ हजार २ सय १४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५९.८ प्रतिशत रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख ७९ हजार ८ सय ९९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ५ सय ४६ जना र होम आइसोलेसनमा ३ हजार ५ सय ८६ रहेका छन् । आजसम्म देशभर १२ हजार २ सय ३४ जना क्‍वारेन्टिनमा रहेका छन् ।