नेपालमा आज थप २ हजार ६ सय ३८ कोरोना संक्रमण पुष्टि, २१ सय ७४ जना डिस्चार्ज

नेपालमा आज थप २ हजार ६ सय ३८ कोरोना संक्रमण पुष्टि, २१ सय ७४ जना डिस्चार्ज
Spread the love

काठमाडौं, असोज २८ (ई-रैवार)

नेपालमा आज थप २ हजार ६ सय ३८ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय ३८ कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १ सय ७४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८० हजार ९ सय ५४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख २१ हजार ३८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १४ हजार ८ सय १९ जना र होम आइसोलेसनमा २१ हजार ५ सय ४८ जना रहेका छन् । आजसम्म देशभर चार हजार ६ सय ६६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३ सय ५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

सोमबार देशभर ४  हजार ४७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ४ सय ७३ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको थयो ।

मंगलबार देशभर ३ हजार ५ सय ५६ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ५ सय ३ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १८ जनाको मृत्यु भएको थियो ।