नेपालमा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टी

नेपालमा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टी
Spread the love

 

काठमाडौं, भदौ १६  (ई-रैवार) 

नेपालमा कोरोना भाइरसका थप १ हजार ६९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरसका आज १ हजार ६९ जना संक्रमित थपिएका हुन ।

जसमा ३४४ महिला र ७२५ पुरुष रहेका छन् । नेपालमा कोरोना भाइरसका १ हजार ६९ जना संक्रमित थपिए संगै कुल संक्रमितको सख्या ४० हजार ५ सय २९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय  ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

यस्तै रुपन्देहीका ९१ जना, सुनसरीका ५६, चितवनका ४५, बझाङका ४०, बाँकेका ३३, लमजुङका ३२, डोटीका २४, कैलालीका २०, सर्लाहीका १९, नवलपुरका १५, झापाका १४, गुल्मी र अछामका १३/१३ जना, मोरङ र बैतडीका १२/१२ जना तथा धनुषा, दोलखा र धादिङका ११/११ मा संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीका ९ जना, काभ्रे र गोरखाका ८/८ जना, कपिलवस्तुका ७, मकवानपुर र सिन्धुलीका ६/६ जना, रौतहट र तनहुँका ५/५ जना, कास्की, नवलपुर र कञ्चनपुरका ४/४ जना, ओखलढुंगा, खोटाङ, महोत्तरी, नुवाकोट, रामेछाप, जुम्ला, दैलेख र डडेलधुराका २/२ जना तथा उदयपुर, पाँचथर, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, पर्वत, पाल्पा, प्युठान, रुकुम पश्चिम, सल्यान र सुर्खेतका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

देशभरका ३९ प्रयोगशालाबाट पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ७ लाख ५   हजार ५ सय ८० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ८ सय ३२ जना र होम आइसोलेसनमा ७ हजार २ सय ८० रहेका छन् । आजसम्म देशभर ७ हजार  ३ सय ९० जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १४ जना, प्रदेश ५ मा ३ जना गरी १७ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १ सय २७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा सबैभन्दा बढी ७५ जना छन् ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । सोलुखुम्बु मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७ सय  ६८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म २२ हजार १ सय ७८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेका छन् ।