विश्वभर ३ करोड १४ लाख बढीमा कोरोना संक्रमण पुष्टि, एकैदिन ४ हजार २८ जनाको मृत्यु

विश्वभर ३ करोड १४ लाख बढीमा कोरोना संक्रमण पुष्टि, एकैदिन ४ हजार २८ जनाको मृत्यु
Spread the love

काठमाडौं, असोज ६  (ई–रैवार)

विश्वभर ३ करोड १४ लाखभन्दा बढी जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख २६ हजार ८ सय ५२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभरमा कोरोना संक्रमितको संख्या ३ करोड १४ लाख ७५ हजार १ सय ८९ पुगेको हो ।

यस्तै एकै दिन थप ४ हजार २८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६९ हजार १ सय २० पुगेको छ ।

एकै दिन २ लाख ७० हजार ६ सय १९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३१ लाख १ हजार १ सय ६५ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७३ प्रतिशत बढी हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १६ हजार ६ सय ६८ जनाको मृत्यु भएको छ । ४४ लाख ८३ हजार ६ सय १५ जना संक्रमित भएकोमा २३ लाख ९५ हजार ६५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९९ हजार ४ सय ६० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८४ लाख २ हजार ३ सय ६० पुगेको छ । त्यसमध्ये ५२ लाख ६२ हजार १ सय ७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ७८ हजार ८ सय ४५ जनाको मृत्यु भएको छ । ९५ लाख ७२ हजार ७ सय ७६ जना संक्रमित भएकोमा ७८ लाख ९२ हजार ८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ३९ हजार १ सय १२ जनाको मृत्यु भएको छ । ७५ लाख ६४ हजार ९ सय १२ जना संक्रमित भएकोमा ६३ लाख ५७ हजार ७ सय ५६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३४ हजार १ सय ३३ जनाको ज्यान गएको छ भने १४ लाख २० हजार २ सय ३२ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ६६ हजार ४ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८ सय ८७ जनाको मृत्यु भएको छ । ३० हजार ५ सय ७३ जना संक्रमित भएकोमा २७ हजार १ सय ३ जना संक्रमणमुक्त भएका छन् ।