धनगढी, भदौ ५ (ई-रैवार)
कैलालीका ३४ भदौ ५ (ई-रैवार) सहित शुक्रवार सुदूरपश्चिममा थप ९२ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ९२ जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय २९ जनाको कोरोना परीक्षण भएकोमा ५६ जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालले जानकारी दिएका छन ।
इन्चार्ज भूषालका अनुसार डोटीको शिखर नगरपालिकाका १३, केआईसिंह नगरपालिकाका २ र जोरायल गाउँपालिकाका १ जना रहेका छन् । अछामको साँफेवगर नगरपालिकाका २५, पञ्चदेवल विनायक नगरपालिकाका १०, मेल्लेख गाउँपालिकाका १ जनामा पनि कोरोना पुष्टि भएको उनले बताए।
डडेल्धुराको नवदुर्गा गाउँपालिकाका २ र बैतडीको सिगास गाउँपालिकाका २ जनामा पनि संक्रमण पुष्टि भएको छ।
सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय २६ जनाको कोरोना परीक्षण भएकोमा ३६ जनामा संक्रमण देखिएको छ । कैलालीका ३४ र अछामका दुई जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार धनगढी उप–महानगरपालिकाका १४ महिला र १६ पुरुष गरी ३० जना र गोदावरी नगरपालिकाका ४ पुरुष रहेका छन् ।
धनगढी वडा नम्वर ३, ४ र ११ का १ – १ जना, वडा नम्वर १२ का ११ जना, वडा नम्वर १३ का २ जना, वडा नम्वर १४ का ५ जना, वडा नम्वर १८ का ६ जना र वडा नम्वर १९ का ३ जनामा संक्रमण पुष्टि भएको हो । उता अछामको बान्नीगढी जयगढका १ महिला र १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।


