काठमाडौं, असोज २५ (ई-रैवार)
नेपालमा आज थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ४ सय २७ नमुना परीक्षण गर्दा ७ सय २ महिला र १ हजार २ सय ६९ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४ सय १६ संक्रमित थपिएका छन्, जसमध्ये १ हजार १ सय ४५ काठमाडौं, १ सय ६१ ललितपुर र १ सय १० भक्तपुरका छन् ।
यस्तै बर्दियाका १ सय ४ जना, रुपन्देहीका ९८, बाग्लुङ र कैलालीका ३६/३६ जना, अर्घाखाँचीका ३४, दाङका ३२, सप्तरीका २८, नुवाकोटका २५, कास्कीका २४, गोरखा र बाँकेका २०, कञ्चनपुरका १७, महोत्तरी र नवलपरासीका १३/१३ जना, उदयपुरका १२, बाराका ११ तथा कपिलवस्तु र डोटीका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
लमजुङ, दैलेख र रुकुम पश्चिमका ९/९ जना, सिराहाका ७, धादिङका ६, मकवानपुरका ५, रौतहट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, र गुल्मीका ४/४ जना, मोरङ, सर्लाही, चितवन, दोलखा, नवलपुर, प्युठान र डोल्पाका ३/३ जनfm धनुषा, स्याङ्जा, पाल्पा, रुकुम पूर्व, कालीकोट, सल्यान, सुर्खेत र बैतडीका २/२ जना तथा ओखलढुंगा, झापा, सोलखुम्बु, पर्सा, तनहुँ, पर्वत, रोल्पा, जुम्ला, अछाम र दार्चुलाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यससँगै कुल संक्रमितको संंख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५२ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७५ हजार ८ सय ४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७० दशमलव ३ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ७६ हजार ९ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १३ हजार ६ सय ४९ जना र होम आइसोलेसनमा १७ हजार ६ सय ६६ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ६ सय १३ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३ सय २९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
शनिबार दैनिक सर्वाधिक संक्रमित थपिएका थिए । शनिबार एकैदिन ५ हजार ८ कोरोना संक्रमित थपिएका थिए भने १४ जनाको मृत्यु भएको थियो ।


