कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, मृतकको संख्या ६ सय ३६ पुग्यो

कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, मृतकको संख्या ६ सय ३६ पुग्यो
Spread the love

काठमाडौं, असोज २५ (ई-रैवार)  

कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २२ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार मृत्यु हुनेमा ५ महिला र १७ पुरुषहरु रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ । यो संख्या कुल संक्रमितको शून्य दशमलव ५९ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७१ कोरोना संक्रमित थपिएका छन् भने एक हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको छ ।