बझाङ, असोज १३ (ई-रैवार)
सम्झना कामीकाे हत्या आरोपीलाई सार्वजनिक गरेको छ। सम्झनाको हत्या आरोपमा पक्राउ परेका २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले आज (मंगलबार) सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मष्टा गाउँपालिका– २ खिकालाकी १२ वर्षीया सम्झना कामीको असोज ८ गते हत्या भएको थियो । गोठमा गाइवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्न अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङले बोहराविरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको जानकारी दिएको छ । सोही ठाउँकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको जाहेरी परेको प्रहरीले जनाएको छ ।


