रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन दिने

रुसले नेपाललाई २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन दिने
In this handout photo taken on Thursday, Aug. 6, 2020, and provided by Russian Direct Investment Fund, a new vaccine is on display at the Nikolai Gamaleya National Center of Epidemiology and Microbiology in Moscow, Russia. Russia on Tuesday, Aug. 11 became the first country to approve a coronavirus vaccine for use in tens of thousands of its citizens despite international skepticism about injections that have not completed clinical trials and were studied in only dozens of people for less than two months. (Alexander Zemlianichenko Jr/ Russian Direct Investment Fund via AP)
Spread the love

काठमाडौं, असोज १३ (ई-रैवार) 

रुसले कोभिड १९ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाल पठाउने भएको छ। रुसी राष्ट्रिय सम्पत्ति कोषले ट्रिनिटी फार्मस्युटिकल्समार्फत नेपालमा उक्त औषधी पठाउने भएको हो।

रुसले उत्पादन गरेको कोरोनाभाइरसविरुद्दको भ्याक्सिन अहिले परीक्षणकै क्रममा छ । रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ति गर्नो सम्झौता भएको हो । साथै कोषले ट्रिनिटीमार्फत भारतमा १० करोड डोज भ्याक्सिन सप्लाइ गर्नेछ।

४ सेप्टेम्बरमा, ‘स्पुतनिक भी’ पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजाबारेमा ल्यान्सेट जर्नलमा प्रकाशित गरिएको थियो ।

एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकहरुले ‘स्पुतनिक भी’ को माग गरेकोसमेत जनाइएको छ । आरडीआईएफले यसअघि मेक्सिकोसँग ३२ मिलिनय डोज, ब्राजिलसँग ५० मिलियन, भारत – १०० मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता भइसकेको जनाएको छ ।

रुसी सरकारको प्रत्यक्ष लगानीमा विकास भएको यो खोपलाई रुसले विश्व स्वास्थ्य संगठनमा पहिलो पटक दर्ता गरेको हो । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले उक्त खोपको अन्तिम चरणको परीक्षणमा आफ्नै छोरीमा पनि परीक्षण गरेको बताएका थिए । तर पश्चिमी मुलुकका कतिपय विज्ञहरुले रुसले तीव्र रुपमा खोप बनाएको कुरालाई स्वीकार गर्न तत्परता देखाएका छैनन् । उनीहरुले यसको विकासको चरणमाथि नै आशंका गर्दैआएका छन् ।