सेती प्रादेशिक अस्पतालमा आज ५५५ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा आज ५५५ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु
Spread the love

धनगढी, जेठ १ (ई-रैवार)  

सेती प्रादेशिक अस्पतालमा आज थप ५५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८३५ नमूना परीक्षण गर्दा ५५५ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कोरोना संक्रमितमध्ये धनगढी उपमहानगरपालिकाका मात्रै २७२ जना रहेका छन् । धनगढीबाहेक कैलालीका २६३ जना र अन्य जिल्लाका २० जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा अहिले १०८ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये १ जना भेन्टिलेटरमा, १४ जना आइसियूमा, ९० जना अक्सिजन सपोर्टमा उपचाररत छन्। हाल अस्पतालको इमर्जेन्सी वार्डमा २१ पुरुष र ८ महिला गरी २९ जना उपचाररत छन्।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट कोही पनि डिस्जाचै भएका छैनन् भने थप १६ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।