आईपीएल : हैदरावादविरुद्ध बलिङ गर्दै दिल्ली, सन्दीप आज पनि बेन्चमा

आईपीएल : हैदरावादविरुद्ध बलिङ गर्दै दिल्ली, सन्दीप आज पनि बेन्चमा
Spread the love

एजेन्सी, असोज १३ (ई-रैवार)

यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ । सेख ज्यायद क्रिकेट स्टेडियममा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने भएको छ । दिल्लीविरुद्ध हैदरावादले केही बेरमा ब्याटिङ गर्ने भएको छ ।

आजको खेलमा पनि नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेले मौका पाएनन् । दिल्लीले तीन खेल खेल्न लाग्दा सन्दीप आज पनि बेन्चमा बसेका छन् ।

आजको खेलमा दिल्ली लगातार तेस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा किङ्स इलाभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको दिल्लीले दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको थियो । आजको खेलमा पनि दिल्ली हैदरावादलाई हराउने योजनामा छ ।

यता हैदरावाद पनि आजको खेलमा जित निकाल्ने योजनामा छ । पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको हैदरावाद दोस्रो खेलमा कोलकाता नाइट राडर्ससँग ७ विकेटले पराजित भएको थियो । लिगमा आफ्नो सम्भावना बलियो बनाई राख्न हैदरावादलाई आजको खेलमा जित निकाल्नु पर्नेछ ।