काठमाडौं, असोज १२ (ई-रैवार)
नेपालमा आज थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ८० नमुना परीक्षण गर्दा १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ सय १७ जनासंक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका ६ सय ४९ जना, ललितपुरका १ सय ३२ र भक्तपुरका ३६ जना छन् ।
यस्तै सिराहाका ५५ जना, कैलालीका ५०, मोरङका ४९, मकवानपुरका ४०, सुर्खेतका २९, महोत्तरीका २५, धनुषाका २२, सुनसरी, नवलपुर र रुपन्देहीका २०/२० जना, चितवन र तनहुँका १७/१७ जना, बाँकेका १६, बझाङका १४, अछामका १३, धादिङका ११, सप्तरी र काभ्रे १०/१० तथा पर्सा, सिन्धुपाल्चोक, लमजुङ ७/७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सर्लाहीका ६ जना, कपिलवस्तु, गुल्मी र नवलपरासीका ५/५ जना, सिन्धुली र कास्कीका ४/४ जना, बारा, नुवाकोट, गोरखा, पर्वत र स्याङ्जाका ३/३ जना, इलाम, खोटाङ, झापा, तेह्रथुम, भोजपुर, दाङ, बर्दिया, कालीकोट, जाजरकोट, दैलेख र सल्यानका २/२ तथा ओखलढुंगा, संखुवासभा, रौतहट, दोलखा, बाग्लुङ, अर्घाखाँची, प्युठान र बैतडीका १/१ जनामा संक्रमण देखिएको छ ।
यससँगै कुल संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ रहेको छ । पछिल्लो २४ घण्टामा ७ सय ४२ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५४ हजार ६ सय ४० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव १ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ९८ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार ६ सय ९५ जना र होम आइसोलेसनमा १० हजार ९ सय २९ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ३ सय १० जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ३१ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । २ सय २५ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।
आइतबार देशभर एक हजार ५ सय ७३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने ८ सय ८५ जना डिस्चार्ज भएका थिए । आइतबार १० जनाको मृत्यु भएको थियो ।


