कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ४ सय ८१ पुग्यो

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ४ सय ८१ पुग्यो
Spread the love

काठमाडौं, असोज १२ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ । यसअघि आइतबार कोरोना संक्रमणबाट देशभर १० जनाको मृत्यु भएको थियो ।