कैलालीका एक पुरुषको कोरोना संक्रमणबाट नेपालगञ्जमा मृत्यु

कैलालीका एक पुरुषको कोरोना संक्रमणबाट नेपालगञ्जमा मृत्यु
Spread the love

धनगढी, कार्तिक १६ (ई-रैवार)

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर-१ का ६० वर्षीय पुरूषको आज बिहान मृत्यु भएको हो ।

कार्तिक १४ गते अस्पतालको प्रि–आइसोलेसन वार्डमा भर्ना गरिएको ती पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएकोमा आइतबार राती १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।  स्वास्थ्यमा समस्या देखिएर कात्तिक १३ गते अस्पतालमा भर्ना भएका ती पुरूषको १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएर बिहान १ बजे मृत्यु भएको बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।