एमालेले राष्ट्रिय सभा सदस्यका लागि १९ जना उम्मेदवारको टुङ्गो लगायो

Spread the love

काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । सोमबार तुलसीलाल आमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकले १९ जना उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।

माघ १२ गते हुने निर्वाचनका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।

प्रदेश–१
खुलाः देवराज घिमिरे (झापा)
महिलाः सुमित्रा भण्डारी (झापा) 
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु) 

प्रदेश–२
खुलाः असर्फी भिनवार यादव (धनुषा)
महिलाः बिना साह (रौतहट) 

वाग्मती
खुलाः गोपाल शाक्य (ललितपुर) 
महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)

गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
महिलाः लीला पोखरेल थनेत (नवलपुर) 
दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ) 

लुम्बिनी
खुलाः रामदयाल गुप्ता (दाङ)
महिलाः भारती खनाल (बाँके) 
दलितः कृष्णबहादुर सुनार (गुल्मी) 

कर्णाली
खुलाः चूडामणि शर्मा (सुर्खेत)
महिलाः गंगा थापा महत (जुम्ला) 
अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)

सुदूरपश्चिम प्रदेशमा
खुलाः डिल्लीराज भट्ट (डोटी)
महिलाः सन्तोषकुमारी शर्मा (कैलाली) 
दलितः नरेश बिक (बैतडी)