राप्रपा केन्द्रीय सचिवालय समितिको बैठक सम्पन्न, समायोजन असोज २१ भित्रै

राप्रपा केन्द्रीय सचिवालय समितिको बैठक सम्पन्न, समायोजन असोज २१ भित्रै
Spread the love

काठमाडौं, असोज ११ (ई–रैवार)

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सचिबालय कार्यव्यवस्था समिति बैठक सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय सचिबालय कार्यव्यवस्था समिति बैठक सम्पन्न भएको हो ।

आजको बैठकले जिल्ला तहको समायोजन र भातृ संगठनहरुको केन्द्रीय तहहरुको समायोजन आगामी असोज २१ गतेसम्ममा गर्न सम्बन्धित जिल्ला समिति र संगठनहरुलाई समन्वय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिएको छ । राप्रपा नेता राजाराम बर्तौलाका अनुसार केन्द्रीय सचिबालय कार्यव्यवस्था समितिको अर्को बैठक यही असोज १५ गते बस्ने निधो भएको छ ।

उक्त बैठकमा अध्यक्षद्वय पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी र बरिष्ठ नेताको उपस्थिति रहेको थियो । पार्टीको जिल्ला तहको समायोजन र भातृ संगठनहरुको केन्द्रीय तहहरुको समायोजन आगामी २०७७ असोज २१ गतेसम्ममा गर्न सम्बन्धित जिल्ला समिति र संगठनहरुलाई समन्वय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिइएको छ ।