धनगढी, असोज ११ (ई–रैवार)
सुदूरपश्चिम प्रदेशमा आइतबार ७३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल डोटी र जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
बझाङको प्रयोगशाला थप २० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १ सय ५९ नमुना मध्ये २० जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले २० जना नयाँ संक्रमित र फ्लोअपमा रहेका अन्य ४ जनामा पनि फेरी संक्रमण देखिएको बताएका छन ।
प्रयोगशाला इन्चार्ज खड्काले जिल्ला प्रहरी कार्यालय बझाङका १ जना, खप्तडछान्ना गाउँपालिकाका २ जना, तलकोट गाउँपालिकाका १ जना र मष्टा गाउँपालिकाका १६ जना नयाँ संक्रमित र ४ जना फ्लोअपमा रहेका व्यक्तिहरुको कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
यसैगरी जिल्ला अस्पताल डोटीको प्रयोगशालामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ६५ नमुना मध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पताल डोटीको प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन ।
प्रयोगशालाका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जिल्लाको बोगटान फुडसिल गाउँपालिकाका एकजना पुरुषमा संक्रमण देखिएको बताए ।
पछिल्लो २४ घण्टाको अवधीमा सेती प्रादेशिक अस्पताको प्रयोगशालामा गरिएको ४ सय ४ जनाको स्वाव परिक्षणमा कैलालीका ४७ र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ४८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा आज थप ४८ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसनर पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ४०४ नमुनाहरुमध्ये ४८ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालका सुचना अधिकारी श्रेष्ठले कैलालीका ४७ जना र कञ्चनपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन ।
सुचना अधिकारी श्रेष्ठले धनगढी उपमहानगरपालिका वडा नमबर १ का १ जना, वडा नम्बर २ का ४ जना, वडा नम्बर ३ का ३ जना, वडा नम्बर ५ का १ जना, वडा नम्बर ८ का १ जना, वडा नम्बर १४ का २ जना र धनगढी कै वडा नखुलेका १ जनामा संक्रमण पुष्टि भएको बताए ।
यस्तै गोदावरी नगरपालिकाका १३ जना, टीकापुर नगरपालिकाका २१ जना र कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १० का १ जना गरी थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन ।


